समाचार

मन्त्रिपरिषद बैठक बस्दै, महत्वपूर्ण नियुक्तिको सम्भावना

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन्। बिहीबार दिउँसो ३ बजे बालुवाटारमा बस्नेगरी मन्त्रिपरिषदको बैठक बोलाइएको हो ।

बैठकले केही महत्वपूर्ण राजनीतिक नियुक्तिको निर्णय गर्ने तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ ।त्यस्तै प्रदेश १ र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख हटाएर नयाँ नियुक्ति गर्ने सम्भावना छ । त्यस्तै केही राजदूतहरुका बारेमा समेत छलफल र निर्णय हुनसक्ने बताइएको छ । यसअघि देउवा सरकारले वागमती प्रदेश, वागमती, गण्डकी र लुम्बिनी प्रदेश प्रमुख परिवर्तन गरिसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *