विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पदभार ग्रहण गरेका छन् ।
बिहीबार मुख्यमन्त्रीमा नियुक्त आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट पद तथा गोपनीयताको शपथ लिएपछि कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।
निवर्तमान मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा बिहीबार बिहानै बसेको प्रदेश १ को एमाले संसदीय दलको बैठकबाट सर्वसम्मत संसदीय दलको नेतामा चयन भएका आचार्यलाई प्रदेश प्रमुख प्यासीले मुख्यमन्त्रीको रूपमा शपथ गराएका थिए ।




