समाचार

एमाले प्रदेश १ संसदीय दलको नेतामा भीम आचार्य चयन , आजै मुख्यमन्त्रीको शपथ लिने

काठमाडौं । नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा भीम आचार्य सर्वसम्मत चयन भएका छन् ।मुख्यमन्त्री एवम् दलका नेता शेरधन राईको प्रस्तावमा आचार्य दलको नेता चयन भएका हुन् ।

आचार्यले आजै नयाँ मुख्यमन्त्रीको शपथ लिने तयारी गरेका छन् । २०७४ माघ २६ गते एमालेका ५१ सांसदमध्ये शेरधन आचार्यसँग २४ का विरुद्ध २६ मत ल्याएर संसदीय दलको नेता निर्वाचित भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *