समाचार

प्रदेश १ मा संसदीय दलको बैठक बस्दै, राईलाई राजीनामा गराउने तयारी

मोरङ । प्रदेश १ मा नेकपा एमालेको संसदीय दलको बैठक बोलाइएको छ । संसदीय दलले बिहीबार बिहान ९ बजे बस्ने गरी बैठक बोलाएको हो ।

एमाले पार्टी विभाजनपछि प्रदेश १ मा यो संसदीय दलको पहिलो बैठक हो ।आजको बैठकमा मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईलाई राजीनामा गराउने तयारी रहेको बुझिएको छ । राईको राजीनामापछि एमाले सचिव भीम आचार्यलाई संसदीय दलको नेता चयन गरी मुख्यमन्त्री बनाउने तयारी गरिएको छ ।

आजको बैठकले माधवकुमार नेपाल समूहमा लागेका सांसदलाई कारबाही गर्न सक्ने सम्भावना पनि रहेको बताइएको छ ।

प्रदेश १ आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले बैकठमा समसामयिक विषयमा छलफल हुने जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *