समाचार

जनगायक जेवी टुहुरेकाे सम्पुर्ण उपचार खर्च सरकारले वेहाेर्ने

काठमाण्डाैं । जनगायक जेवी टुहुरेकाे सम्पुर्ण उपचार खर्च सरकारले वेहाेर्ने भएकाे छ।गम्भीर विरामी भइ काठमाण्डाैंकाे बयाेदा अस्पतालमा उपचार गराइरहेका गायक टुहुरेकाे खर्च सरकारले गर्ने वुधवार टुंगाे लागेकाे हाे ।

गत भदाै १ गते व्रेन स्ट्राेक भएपछि वयाेदा अस्पतालमा उनकाे उपचार भइरहेकाे छ।लामाे समय वाम राजनीति र जनतालाइ जागृत गराउने काममा लागेकाे जेवी टुहुरेकाे उपचारकाे लागि कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले खाेजीनीति गरेका थिए।उनले अस्पतालमा उनलाइ भेटेपछि प्रधानमन्त्री शेरवहादुर देउवालाइ उपचार खर्च सरकारले वेहाेर्नुपर्ने माग राखेका थिए।वुधवार सरकारले उपचार गर्ने घाेषणा गरेकाे कुरा पनि शर्माले नै सार्वजनिक गरेका हुन।

जनगायक टुहुरे विरामी भएपछि माअेवादी अध्यक्षा पुष्पकमल दाहाल प्रचण्डले अस्पतालमा नै भेटेर हाैसला प्रदान गरेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *