काठमाडौँ । प्रस्तावित दल नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी केन्द्रीय सदस्य र सांसदहरु निर्वाचन आयोगमा सनाखत सकिएको छ ।
एकीकृत समाजवादीका ५५ जना केन्द्रिय सदस्य र ३३ सांसदले सनाखत गरेको बताइएको छ ।नेता गंगाधर तुलाधरले दल दर्ताका आवश्यक संख्या पुगेको जानकारी दिएका छन् ।
त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकारिणीका १७ जना र १४ जना सांसदले आयोग पुगेर सनाखत गरेका छन् ।




