काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष आन्तरिक छलफलमा जुटेका छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंहको ठमेलस्थित चाक्सीवारीमा निवासमा बुधबार बिहानैबाट पौडेल पक्षको बैठक बसेको हो ।
छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडुलगायत सहभागी छन् । महाधिवेशनको मिति नजिकिएसँगै पौडेल पक्षले छलफललाई तीव्रता दिएको हो । उनीहरुबीच सर्वसम्मत नेतृत्व चयनका लागि संवाद जारी छ ।
साथै पौडेल पक्षका जिल्ला सभापतिहरूले क्रियाशील सदस्यतामा देखिएका विवादलाई लिएर मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएका छन्।




