काठमाडौं । अफगानिस्तानबाट थप १ सय १२ जना नेपाली स्वदेश फर्किएका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार मंगलबार थप १ सय १२ जना नेपाली स्वदेश फर्किएका हुन् । मन्त्रालयका अनुसार जोर्डन एभिएसनको उडानबाट १ सय ३ र कतार एयरको उडानबाट नौ जना नेपाल आएको छन् ।
मन्त्रालयका अनुसार मंगलबारसम्म अहिलेसम्म ७ सय ७० जना नेपाली स्वदेश फर्किएका छन् । परराष्ट्रका अनुसार ३ सय बढि नेपालीले उद्धारका लागि सरकारसँग माग गरेका छन् । उनीहरुलाई नेपाल ल्याउने प्रयास समेत जारी गरेको जनाइएको छ ।




