समाचार

महन्थ ठाकुर र भाजपा विदेश बिभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

काठमाडौँ । प्रस्तावित पार्टी लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेपाल भ्रमणमा रहेका भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी(भाजपा)का विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवालेले आज शिष्टाचार भेट गरेका छन् ।

ठाकुरसँगको भेटमा नेपाल-भारत सम्बन्ध विस्तारका बारेमा छलफल भएको चौथाइवालेले जानकारी दिएका छन् ।

चौथाइवालेले यसअघि आजै एमाले अध्यक्ष केपी शर्मा ओली र आइतबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *