काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच शीतल निवासमा भेटवार्ता भएको छ ।
राष्ट्रपति भण्डारी र माधव नेपालबीच शीतल निवासमा दुई घण्टा लामो वार्ता भएको हो । नेकपा एमाले विभाजित हुनबाट रोक्ने प्रयासस्वरुप राष्ट्रपति भण्डारीले नेता नेपाललाई शीतल निवासमा बोलाएर वार्ता गरेकि हुन् ।
दुईजनाबीच मंगलबार मध्यान्ह १२ बजेदेखि दिउँसो २ बजेसम्म वार्ता भएको हो ।




