बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आजै विश्वासको मत लिने भएका छन् । प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश सभा अवरोध गरिरहेका बेला मुख्यमन्त्री केसीले आजै विश्वाशको मत लिने भएका हुन् ।
प्रदेशसभा सचिवालयले दिउँसो साढे दुई बजे कार्यसूची प्रकाशित गर्दै मुख्यमन्त्री केसीले विश्वासको मत लिने उल्लेख गरेको छ ।
यस अघि आजै बसेको प्रदेश सभाको पहिलो बैठक एमालेले नाराबाजी गरेर अवरोध गरेपनि दोस्रो बैठक एमालेका सांसद अनुपस्थित रहेका थिए । अहिले दोस्रो बैठक पनि सकिएको छ भने द्सोरो बैठक सभामुखले आजै साढे ३ बजे बोलाएका छन् । सो बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत लिने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।





