खेलकुद

बुन्डेसलिगामा बायर्नको संघर्षपुर्ण जित

काठमाडौँ । साविक विजेता बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा संघर्षपुर्ण जित निकालेको छ । गएराति भएको खेलमा बायर्नले एफसी कोल्नमाथि ३–२ को जित दर्ता गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५०औं मिनेटमा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीको गोलबाट बायर्नले अग्रता लिएको थियो । ५८औं मिनेटमा सर्ज गिनाब्रीले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । त्यसपछि ६०औं मिनेटमा एन्थोनी मोडेस्टेले गोल गर्दै कोल्नलाई खेलमा फर्कने संकेत गरे । ६२ औं मिनेटमा मार्कले गोल गर्दै कोल्नलाई खेलमा फर्काए ।

तर, खेलको ७१ औं मिनेटमा जिनाब्रीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ३-२को जित दिलाए । यो बायर्नले पहिलो जित हात पारेको हो । जितपछि बायर्नको २ खेलबाट ४ अंक पुगेको छ । पराजित कोल्नको ३ अंक छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *