बागमती प्रदेश

अपहरणमा परेका दुई युवा भारतबाट सकुशल उद्धार

काठमाडौँ। मकवानपुरको हेटौंडाबाट अपहरण गरी भारत पुर्‍याइएका २ जनालाई मकवानपुर प्रहरीले सकुशल उद्धार गरेको छ । मकवानपुरको हेटौंडाबाट अपहरण गरी भारत पुर्‍याइएका २ जनालाई मकवानपुर प्रहरीले सकुशल उद्धार गरेको छ ।

अपहरणमा परेका हेटौंडा–९ स्वागतटोलका २२ वर्षीय पवन रानामगर र २३ वर्षीय गोविन्द श्रेष्ठलाई प्रहरीले सकुशल उद्धार गरेको हो । तीनजना भारतीयले उनीहरूलाई अपहरण गरी ५ लाख रुपैयाँ फिरौती मागेका थिए ।

भदौ ३ गते राति हेटौंडा(१० बसपार्कबाट अपहरणमा परेका मगर र श्रेष्ठलाई प्रहरीले भारत पूर्वी चम्पारणको मोतीहारीबाट उद्धार गरेको जनाएको छ। मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले पर्सा प्रहरी र भारत प्रहरीको सहयोगमा मगर र श्रेष्ठको उद्धार गर्न सफल भएको बताए। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *