राजनीति

निर्वाचन आयोगद्वारा एमालेको अध्यावधिक विवरण अस्वीकार

काठमाडौँ। नेकपा एमालेले पठाएको केन्द्रीय सदस्य अध्यावधिक विवरण निर्वाचन आयोगले अस्वीकार गरेको छ।

अध्यक्ष ओलीले नेता माधवकुमार नेपालको पार्टी दर्ता प्रक्रियमा २० प्रतिशत पुग्न नदिने रणनीतिअनुसार केन्द्रीय सदस्य अध्यावधिक गर्न आयोगमा पठाएका थिए।

माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझीसहित २६० केन्द्रीय सदस्य रहेको भन्दै दलको किताब अध्यावधिक गर्न आयोगलाई सूची बुझाइएको थियो।

तर, आयोगले पार्टी ०७५ जेठ २ मै फर्काउनुपर्ने अदालतको फैसलाअनुसार दुई सय ३ केन्द्रीय सदस्यलाई मान्यता नदिने भएको निर्वाचन आयोगले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *