राजनीति

वामदेव गौतम एमालेमै हुनहुन्छ: सचिवालय

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम एमालेमै रहेको उनको सचिवालयले स्पष्ट गरेको छ । गौतमको स्वकीय सचिवालयको तर्फबाट दिपक टमाटाले आइतबार विज्ञप्ति जारी गर्दै नेकपा एकीकृत समाजवादीको ब्यानरमा नेता गौतमको तस्बीर राखिएको प्रति आपत्ति जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ- ‘आजकल केही दिन देखि विभिन्न पत्र पत्रिका र सामाजिक सञ्जालमा क. वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दैहुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गैसकेको भन्दै फोटो सहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नु बाहेक केही होईन । क.वामदेव गौतम अहिलेसम्म एमालेमा नै रहेको र नेकपा (एमाले) को नेतृत्वको कार्याशैली प्रती लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वभाविक हो । तसर्थ अन्य खाले प्रचार प्रसार मा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु ।’

यस अघि नेता गौतमले आफु पक्षको एकता अभियानको बैठकमा आफु ओली पक्षमा नलाग्ने र नेपाल पक्षमा लगेर वामपन्थी एकता गर्ने बताएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *