खेलकुद

बराबरीमा रोकियो बार्सिलोना

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा बार्सिलोना एथ्लेटिक बिल्बाओसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

बिल्बाओको मैदानमा मेम्फिस डिपेले बार्सिलोनालाई हारबाट जोगिएका हुन् ।

खेलको ५० औं मिनेटमा इनिगो मार्टिनेजले गोल गर्दै बिल्बाओलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ७५ औं मिनेटमा मेम्फिसले गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाए ।

बराबरीसँगै बार्सिलोनाले २ खेलमा ४ अंक जोडेको छ । बार्सिलोना शीर्ष स्थानमा रहेको छ । बिल्बाओ नवौं स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *