धर्म/सस्कृति

रक्षाबन्धनको तयारी तस्वीरमा हेर्नुहोस्

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूणिर्माका दिनमा मनाइने रक्षाबन्धन एवम् जनैपूणिर्मा पर्व आइतबार मनाइँदैछ ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जे चिजले अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसले नै म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित वन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ ।

यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले “येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वाम् प्रतिबध्नामी रक्षेमा चलमा चल” भनी रक्षासूत्र रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहिआएको छ । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राहृमण पुरोहितले यजमानको नाडीमा बाँधिदिने परम्परा छ ।

रक्षा बन्धनका लागि शनिबार धनगढीको रातोपुलस्थित ठेला पसलमा बिक्रीका लागि राखीएका सामग्री । पछिल्लो समय कोरोनाका कारण व्यवसाय सन्तोषजनक नभएको व्यापारीको गुनासो छ । तस्वीर : तिलकराज ओझा, रासस

रक्षाबन्धन पारिवारिक मेलमिलाप बढाउने पर्व पनि हो । यो अवसरमा परिवारका हरेक मानिस एक ठाउँमा जम्मा हुन्छन् । रक्षाबन्धनका अवसरमा बजारमा पनि विशेष चहल पहल हुन्छ । रङ्गीबिरङ्गी राखीले पसल सजेको छ ।

जनै पूर्णिमाका दिन मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ ।

देशका विभिन्न ठाउँमा गरिएको रक्षाबन्धनको तयारी यस्तो छ :

रक्षा बन्धनको लागि घोराही बजारमा बिक्रीका लागि राखिएको राखि । पछिल्लो समयमा दाङमा राखिको व्यापार राम्रो हुँदै गएको व्यापारी बताउँछन् । तस्वीर : रञ्जिता अधिकारी/रासस
रक्षा बन्धनको लागि घोराही बजारमा बिक्रीका लागि राखिएको राखि । पछिल्लो समयमा दाङमा राखिको व्यापार राम्रो हुँदै गएको व्यापारी बताउँछन् । तस्वीर : रञ्जिता अधिकारी/रासस
भोलि आइतबार रक्षा बन्धन भएको कारण दिदीबहिनीले दाजुभाइलाई राखी बाध्ने भएकाले बानेश्वरमा राखि किन्दै एक युवती । तस्वीर :प्रदीपराज वन्त/रासस
शुक्लाफाँटा नगरपालिका– १० झलारीस्थित बजारमा रक्षा बन्धनका लागि राखी बेच्न बसेका व्यपारी । तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस
पाल्पा तानसेनको नारायणस्थानमा जनैपूर्णिमाको लागि जनै बेच्न बसेको व्यवसायी । तस्वीर : कृष्ण दर्नाल/रासस
जनैपूर्णिमाका लागि दाङको घोराही बजारमा बिक्री गर्न राखिएका जनै तथा रक्षा बन्धनसम्बन्धी सामग्री । तस्बिर :रञ्जिता अधिकारी/रासस

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *