विश्व

साताभित्रै अफगानिस्तानमा नयाँ सरकारकाे ढाँचा सार्वजनिक गर्ने

काठमाडौँ।अफगानिस्तानमा सत्ता कब्जा गरेको विद्रोही समूह तालिवान नयाँ शासकीय ढाँचा निर्माणमा जुटेको छ ।

केही साताभित्र नयाँ सरकारको ढाँचा सार्वजनिक गरिने तालिवानले जनाएको छ ।

इस्लामवादी आन्दोलनका एक प्रवक्ताले शनिवार रोयटर्ससँग भने, ‘तालिवानले आगामी केही हप्तामा अफगानिस्तानको लागि नयाँ शासकीय ढाँचाको अनावरण गर्ने लक्ष्य राखेको छ ।’

तालिवानका कानूनी, धार्मिक र विदेश नीति विशेषज्ञहरुले आगामी केही सातामा नयाँ शासकीय ढाँचा प्रस्तुत गर्ने लक्ष्य लिएको प्रवक्ताको भनाइ छ ।

अमेरिकी सेना फिर्ता भएसँगै अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेको छ । बहालवाला राष्ट्रपति अशरफ घानी देश छोडेर युएईको शरणमा छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *