काठमाण्डाैं। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आफू माधव नेपाल अध्यक्ष रहेकाे नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको मा रहेकाे जानकारी गराएका छन । महिना दिन देखि भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत वरिष्ठ नेता खनालले आफू नेकपा एकिकृत समाजवादीकाे पक्षमा रहेको बताएका हुन् । झलनाथ खनालकाे तर्फबाट उनकाे सचिवालयले सामाजिक सञ्जालमा यस्ताे जानकारी गराएकाे हाे ।
उनलाइ भेटन दिल्लि मै पुगेका नेताहरू सुरेन्द्र पाण्डे तथा भीम अाचार्य केपी अेालीतिर लाग्न थालेकाे छनक पाएपछि उनले शुक्रवार याे वक्तब्य जारी गरेका हुन।उनका समर्थक अन्य नेताहरू पनि खनालकाे अवस्था प्रष्ट नभएकाे भन्दै माधव समुहबाट क्रमश अेालीतिर लम्किरहेका थिए।
उनकाे सचिवालयले शुक्रवार भनेकाे छ- ‘झलनाथ खनालज्यू नयाँ दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी ) को साथ र समर्थनमा रहनुभएको छ।




