समाचार

कुम्भेश्वर मन्दिरको जीर्णोद्धार, प्रधानमन्त्रीद्वारा उद्घाटन

काठमाडौं । ललितपुरको बंगलामुखीस्थीत कुम्भेश्वर (सर्वेश्वर) मन्दिरमा गजुर राखिएको छ ।

शुक्रबार प्रधानमन्त्री शेर बहादुर देउवाले गत २०७२ सालको शक्तिशाली भूकम्पले क्षतिग्रस्त मन्दिर परिसरमा कुम्भेश्वर महादेव र मन्दिरको गजुरकोमा पूजाआजा गरेपछि गजुर राखिएको हो ।

पाँचतले उक्त मन्दिरको जिर्णोद्धार सम्पन्न भएपछि गजुर राखिएको हो । २०७२ सालको भूकम्पले मन्दिरको तीन तला क्षतिग्रस्त भएको थियो । यसअघि नेपाली कांग्रेसका सभापतिको हैसियतमा विसं २०७४ साल वैशाख ३० गते देउवाले नै मन्दिरको क्षमा पूजा गरेका थिए ।

क्षमापूजा गरी जिर्णोद्धार सुरु गरेको ४ वर्षपछि मन्दिरको पुनःनिर्माण पूरा भएको कुम्भेश्वर महादेवका पुजारी माधव श्याम शर्माले जानकारी दिए । जिर्णोद्धार सम्पन्न भएपछि शुक्रबार शुभ साइतमा गजुर राखिएको उनले बताए ।

करिब २ करोड ८२ लाख रुपैयाँ लागतमा जिर्णोद्धार सम्पन्न भएको मन्दिर जिर्णोद्धार समितिले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *