विश्व

इथियोपियाको मुद्दामा राजनीतिक वार्ता गर्न राष्ट्रसंघीय प्रमुखको आग्रह

इथियोपिया । संयुक्त राष्ट्रसंघले इथियोपियामा बढ्दो संकटका विषयमा राजनीतिक वार्ता नै आवश्यक रहेको बताएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले बिहीबार यस विषयमा आग्रह गरेको समाचारमा जनाइएको छ । महासचिव एन्टोनियो गुटर्रेसले इथियोपियामा पछिल्ला दिनमा बढ्दै गएको संकटको समाधानका लागि अरु सबै खालका विकल्पमा नभएर राजनीतिक वार्तालाई नै अघि बढाउनुपर्ने भन्दै आग्रह गरेको छ ।

महासचिव गुटर्रेसले पछिल्ला वर्षमा इथियोपियाका नागरिकले धेरै दुःख पाएका छन्, उनीहरुले अहिले खाद्यान्नलगायतका अति आवश्यकताका विषयमा पनि संघर्ष गर्नु परिरहेको अवस्था छ, त्यसैले यहाँको विषयमा वार्ता नै उचित विकल्प हुनेछ भनेको छ ।

पछिल्ला वर्षमा इथियोपियामा हिंसा बढ्दै गएको र यसबाट यहाँका पूर्वाधार पनि ध्वस्त भएका र कैयौँ नागरिकलाई अहिले नै मानवीय सहायताको खाँचो रहेको भन्दै संयुक्त राष्ट्रसंघले यहाँको समस्या राजनीतिक वार्ताबाट मात्र सम्भव रहेको देखेको महासचिव गुटर्रेसले बताएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *