बागमती प्रदेश

डोरमणि पौडेलले छाडे सरकारी निवास

काठमाडौं । बागमती प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल सरकारी निवास छाडेर निजी निवास फर्किएका छन् । मुख्यमन्त्री कार्यालय छाडेर पौडेल हेटौँडा नवलपुरस्थित निजी निवासमा फकिएका हुन् । उनले ४२ महिना सरकार चलाएका थिए ।

बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका पौडेलले बिहीबार सरकारी निवास छाडेका हुन् । उनले अबको बाँकी समय जनताको हितमा काम गर्ने बताए । उनले राजीनामा दिएसँगै प्रदेशसभाको ठूलो दल नेकपा (एमाले) संसदीय दलका नेता अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेकी छन् । शाक्य बुधबार नै एमाले संसदीय दलको नेता चयन भएकी थिइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *