काठमाडौँ । नेकपा एमालेका नेता घनश्याम भुसालले विचारहीनता र सिद्धान्तहीनताका कारण पार्टीमा समस्या सुरु भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गर्दै नेता भुसालले संगठनात्मक विधि र पद्धतिमा इमानदार हुन नसक्दा विसर्जनतिर गइरहेको बताएका हुन् ।
उनले फेरि पनि पार्टीमा हस्तक्षेपको खाँचो रहेको बताएका छन् ।
उनले भनेका छन्-
‘हाम्रो पार्टीको मुख्य समस्या विचारहीनता/सिद्धान्तहीनताबाट सुरु भएको हो । कम्तीमा संगठनात्मक विधि स्थापित गर्दा ती समस्या समाधान गर्ने ढोका खुल्थ्यो । त्यसमा पनि इमानदार नहुँदा हामी तीव्र रूपमा विसर्जनतर्फ जाँदै छौँ । जति धेरै बेइमानी त्यति धेरै सत्यानास ! फेरि पनि हस्तक्षेपको खाँचो छ ।’
यस अघि माधवकुमार नेपाल निकट रहेका नेता भुसालले नेपालको नयाँ पार्टी दर्ता गर्ने प्रक्रियामा साथ दिएका छैनन् ।




