कोशी प्रदेश

जिल्ला अस्पताल खाँदबारीमा आइसियू र भेन्टिलेटर खरिदका लागि बाटो खुल्यो

द मेडिकल सोलुसनको तीन लाख धरौटी जफत

संखुवासभा । जिल्ला अस्पताल संखुवासभामा दुई शैयाको आइसियू र भेन्टिलेटर सञ्चालनका लागि आवश्यक सामाग्री खरिदका लागि सार्वजनिक खरिद पुनरावलोकन समितिले अनुमति दिएको छ । द मेडिकल सोलुसनले खरिद प्रकृया गलत भएको भन्दै बोलपत्र स्वीकृत गर्ने आशयको सुचना रद्ध गर्न सार्वजनिक खरिद पुनरावलोकन समितिमा उजुरी दिएको थियो ।

अस्पतालले गरेको खरिद प्रकृया गलत नभएको भन्दै सामाग्री खरिदका लागि खरिद पुनरावलोकन समितिले बुधबार जिल्ला अस्पतालाई आवश्यक प्रकृया अगाडि बढाउन आदेश दिएको छ । समितिले र्यापिड ट्रेडर्सलाई सार्वजनिक निकायले अगाडि बढाएको खरिद प्रकयाको काम कारवाहीलाई त्रुटिपूर्ण भन्न नमिल्ने र यस अघिको खरिदको कामकारवाही प्रविधिक गुणस्तरियताको आवश्यकता र प्रकृयाका हिसाबले समेत कानुनसम्मत नै देखिएको निर्णयमा उल्लेख गरिएको छ । सार्वजनिक खरिद ऐन, २०६३ को उपदफा ५० को उपदफा(५)(क) बमोजिम निवेदक द मेडिकल सोलुसन प्रालिको निवेदन खारेज गदै समितिले र्यापिड ट्रेडर्स सँग सम्झौता गर्न अनुमति दिएको छ । र्यापिड ट्रडर्सको को कबोल अंक भन्दा पनि घटि भई आफ्नो कबोल अंक सारभूत रुपमा प्रभावग्राही न्यूनतम मूल्याङ्कित अंक भएको र आफ्नो बोलपत्र स्वीकृत हुनु पर्ने भन्दै सोलुसन प्रालिले बोलपत्र रद्ध गर्न निवेदन दिएको थियो । समितिले निवेदक द मेडिकल सोलुसनलको ३ लाख धरौटी जफत गरी नेपाल सरकारको राजश्व खातामा जम्मा गर्ने आदेश गरेको छ ।

अस्पतालले दुई शैयाको भेन्टिलेटर सेवा सहित ५ बेडको आईसियु सेवा सञ्चालनका लागि अस्पतालले २१ प्रकारका सामाग्री खरिद प्रक्रिया अघि बढाईसकेको थियो । अस्पतालले विशेषज्ञ सेवा सञ्चालनका लागि डिफिब्रेटर ३ थान, एबिजी मेसिन २ थान, अत्याधुनिक भिडियो एक्सरे मेसिन फोरडि १ थान लगायतका २१ प्रकारका सामाग्री खरिद गर्ने छ । यस अघि ९ सय मेगावाट अरुण तेश्रो आयोजना एसजेभिएनले अस्पताललाई २ थान भेन्टिलेटर र आईसियु सञ्चालनका लागि आवश्यक उपकरण उपलव्ध गराईसकेको अस्पतालका प्रशासन प्रमुख दीपेश श्रेष्ठले बताए । भेन्टिलेटर र आईसियु सञ्चालनका लागि कुनिना शैक्षिक गुठीले १८ लाख रुपैयाँ सहयोग गरेको श्रेष्ठले बताए । कुनिनाले उपलव्ध गराएको १८ लाखले बिशेषज्ञ चिकित्सक सँग सम्झौता भइसकेको र सामाग्री जडान भएपछि सेवा भदौ ३० पछि सेवा सञ्चालनमा तयारी गरिएको छ । नयाँ खरिद गर्न लागेको २ वटा र अरुण तेश्रोले दिएको २ वटा भेन्टिलेटर सञ्चालनमा आउने पनि उनले बताए । यी सेवाका लागि अस्पतालले गुणस्तरिय स्वास्थ्य सामाग्री खरिद गरेको उनको भनाई छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *