काठमाडौं । वाग्मती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दुई सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी छन् । मुख्यमन्त्री नियुक्त भएपछि बुधबार राती मुख्यमन्त्री शाक्यले सामाजिक विकास मन्त्रीमा कृष्ण शर्मा खनाल र आन्तरिक मामिला तथा कानुनमन्त्रीमा केशवराज पाण्डे नियुक्त गरेकी हुन् ।
यसअघिका मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानूनमनत्री रहेका पाण्डेलाई भौतिक पूर्वाधार तथा विकासमन्त्रीको पनि जिम्मेवारी दिइएको हो । एमालेभित्र माधवकुमार नेपाल समुहमा रहेकी शाक्यले गुट परिवर्तन गरेसँगै बाग्मती प्रदेशको मुख्यमन्त्री बन्ने अवसर पाएकी हुन् ।




