देश

बाग्मती प्रदेशको नवनियुक्त मुख्यमन्त्री शाक्यले लिइन् सपथ

काठमाडौं । बाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सपथ लिएकी छन् । निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेलले राजीनामा दिएपछि एमाले नेतृ अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री नियुक्त भएकी हुन् ।

उनले बुधबार साँझ पद तथा गोपनियताको सपथ समेत लिएकी छन् । प्रदेश प्रमुख विष्णु पौडेलले शाक्यलाई सपथ दिलाएका छन् । यसअघि निवर्तमान मुख्यमन्त्री पौडेलले संसदीय दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । उनले बुधबार प्रदेश प्रमुख विष्णु प्रसाईलाई राजीनामा बुझाएका थिए । प्रदेश प्रमुख प्रसाईले राजीनामा स्विकृत गर्दै शाक्यलाई नियुक्त गरेका थिए । शाक्य पहिलो महिला मुख्यमन्त्री समेत बनेकी छन् ।

केन्द्रमा एमाले विभाजन भएर वरिष्ठ नेता माधवकुमार नेपाल समुहले अर्को दल दर्ता गरेकै अबस्थामा मुख्यमन्त्री पौडेलले राजीनामा दिएका हुन् । एमालेको माधवकुमार नेपाल समुहमा रहेकी शाक्यले आफ्नो गुट परिवर्तन गरेको समेत भनिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *