काठमाडौँ । नेकपा एमाले बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने भएको छ ।
बुधबार एमालेले शाक्यलाई प्रदेशको संसदीय दलको नेता चयन गरेको छ । संसदीय दलको नेताबाट मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्यलाई संसदीय दलको नेता चयन गरिएको हो ।
योसँगै शाक्य मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।
यस अघि नेपाल पक्षमा लागेकी शाक्यलाई अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्री बनाउने प्रतिबद्धता व्यक्त गरेपछि उनी ओलीको पक्षमा लागेकी थिइन् ।




