लुम्बिनी प्रदेश

नेकपा एमालेले रोष्टम घेराउ गरेरपछि लुम्बिनी प्रदेशसभा स्थगित

बुटवल । लुम्बिनी प्रदेशसभाको आजको बैठक भोली सम्मको लागि स्थगित भएको छ ।

नेकपा एमालेले बिरोध जनाउँदै रोष्टम घेराउ गरेरपछि बैठक भोली १ बजे सम्मको लागि स्थगित भएको हो बैठकमा सहभागी एमाले सासदले सभामुख कुनैपार्टिको नभई साझा बन्नुपर्ने भन्दै नाराबाजी समेत गरेका थिए ।

एमालेले सुर्य चिन्हबाट चुनाव जितेका विमलाकुमारी खत्री वली र हाल मन्त्री भएका अजय शाहीलाई आफ्नो पार्टीले कारवाही गरेको र कारवाहीको सूचना नदिएसम्म बैठक चल्न नदिने बताएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *