काठमाडौँ। जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्य समितिको दोश्रो दिनको बैठक सुरु भएको छ ।काठमाडौँको कालिका स्थानस्थित अमृतभोग पार्टी प्यालेसका सोमबारदेखि दुई दिनका लागि आह्वान गरिएको बैठक आज सम्पन्न हुनेछ ।

निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि आव्हान गरिएको प्रथम बैठकमा ८० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्यहरु सहभागी बैठकले सरकारमा सहभागिता बारे निर्णय गर्नेछ।
आजको बैठकमा पार्टी सङ्गठन सुदृढीकरण तथा जनजागरण अभियान र अभिमुखीकरण सम्बन्धी कार्यक्रमहरूको परिचालन, समन्वय, अनुगमन, मूल्याङ्कन, निरीक्षण, अवलोकन, अभिलेखीकरण र सरकारमा सम्मानजनक सहभागिता बारे निर्णय हुनेछ ।





