काठमाण्डौं । सरकारले दल विभाजन गर्न मिल्ने गरि खुकुलो अध्यादेश ल्याएको छ । मंगलवार वालुवाटारमा बसेको मन्त्रीपरिषदको बैठकले यो अध्यादेश अनुमोदन गरेको छ । यो अध्यादेशलाईअब राष्ट्रपतिले जारी गर्नुपर्नेछ ।
मन्त्रीपरिषद वैठकपछि प्रधानमन्त्री शेरवहादुर देउवा राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन । सरकारले ल्याएको अध्यादेशमा पार्टी केन्द्रिय समिति वा संसदीय दल मध्ये एकमा २० प्रतिशत सदस्य पुगेमा दल विभाजन गर्न सक्ने प्रावधान राखिएको छ । यसअघि दल विभाजन सम्वन्धी कानुन निकै कडा थियो । दल विभाजन नहोस भनेर संसदीय दल र केन्द्रीय समितिमा ४० प्रतिशत पुर्याउनुपर्ने प्रावधान राखिएको थियो ।
तर दलहरुभित्र विवाद देखिएपछि गत बर्ष नै केपी ओली सरकारले लचिलो अध्योदश ल्याएको थियो जसको विरोध सर्वत्र भएको थियो । उतिवेला विरोध गर्ने नेपाली कांग्रेसले सोमबार अचानक संसद बन्द गरेर मंगलवार अध्यादेश ल्याउदा उसको पनि आलोचना हुन थालेको छ । सरकारले यो अध्यादेश माधव नेपाल पक्ष र महन्थ ठाकुर पक्षको अनुरोधमा ल्याएको बुझिएको छ ।




