सुर्खेत । साउन १९ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरे । शत प्रतिशत कार्यान्वयन गर्ने दावीका उनले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेका हुन् ।
सोही अनुसार विभिन्न मन्त्रालयका मन्त्रीहरुले समेत कर्मचारीसँग कार्यसम्पादन सम्झौता गर्न थालेका छन्।
प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले प्रदेशको मेरुदण्डको रुपमा रहेकाले कर्मचारीले कार्यसम्पादन पारदर्शी र छिटो छरितो गर्न भन्दै कार्यसम्पादन सम्झौता गरेका छन्।
उनले कार्यसम्पादनमा कुनै बहानाबाजी नगर्न कर्मचारीलाई निर्देशन समेत दिए ।प्रदेश सरकारलाई गतिशिल पार्न र उद्देश्य अनुसारको प्रगति हासिल गर्नका लागि आर्थिक मामिला मन्त्रालय गतिशिल हुन आवश्यक छ,’उनले भने।
मन्त्रालयका सचिव चक्र बहादुर बुढाले कार्य सम्पादन सम्झौताले काम गर्दा पारदर्शी र जवाफदेही बनाउने बताए ।
यस्तै अन्य मन्त्रीहरुले पनि कर्मचारीहरूसँग कार्यसम्पादन सम्झौता गर्न तयारी थालेका छन्।




