काठमाडौँ । नेकपा एमालेले लुम्बिनी प्रदेशको गठबन्धन सरकारलाई सघाएको भन्दै दुई जना सांसदलाई कारबाही गर्न सभामुख पूर्णबहादुर घर्तीलाई पत्राचार गरेको छ ।
एमालेको सूर्य चिन्हबाट निर्वाचित प्रदेशका बिनाविभागिय मन्त्री अजय शाही र विमला खत्री ओलीलाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्राचार गरेकाे एमालेका मुख्य सचेतक भुमिश्वर ढकालले जानकारी दिए । उनीहरुमाथि पार्टीको बिधान र संसदीय दलको बिधान नियम बिपरीत र पार्टीको निर्देशन बिपरीत गतिविधि गरेको आराेप छ ।
यसअघि नै शाहीलाई ३ दिनभित्र पार्टी कार्यालयमा उपस्थित भएर चित्तबुझ्दो लिखित स्पष्टीकरण दिन पत्र पनि काटिएको थियाे ।




