खेलकुद

नेपालले पपुवा न्यूगिनीविरुद्ध दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने

काठमाडौँ । नेपालले पपुवा न्यूगिनी (पीएनजी) सँग दुइ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघका अनुसार नेपालले पपुवा न्यूगिनीसँग ओमानमा हुने आइसीसी सीडब्लुसी लिग-२ अगाडी दुइ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।

ओमानमा नै नेपालले भदौ २० गते (सेप्टेम्बर ५) मा पहिलो र भदौ २३ गते (सेप्टेम्बर ८) मा दोस्रो एकदिवसीय खेल खेल्ने छ ।

नेपाली राष्ट्रिय टिम हाल ओमानसहित अमेरिकासँग हुने आइसीसी सीडब्लुसी लिग-२ अन्तर्गतको त्रिकोणीय सिरिजको तयारीमा प्रशिक्षणमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *