समाचार

सभामुख सापकोटाद्वारा अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धार गर्न सरकारलाई निर्देशन

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित रुपमा उद्धार गर्न सरकारलाई निर्देशन दिएका छन् ।

सभामुख सापकोटाले आजको प्रतिनिधि सभाको बैठकमा अफगानिस्तानको पछिल्लो घटनामा आफ्नो ध्यानाकर्षण भएको भन्दै त्यहाँ रहेका नेपालीहरुलाई सुरक्षित रुपमा राख्न र उनीहरुको यथाशिघ्र उद्धार गर्न निर्देशन दिएका हुन् ।

बैठकमा एमालेका सांसद तथा पूर्वमन्त्री गोकुल बास्कोटाले अफगानिस्तानमा रहेका नेपालीहरुको तुरुन्त उद्धार गर्न माग गर्दै नेपालीहरुको अवस्था बारे जानकारी दिन माग गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *