विश्व

बहुमत गुमाएपछि मलेसियाका प्रधानमन्त्रीले दिए राजीनामा

काठमाडौं । मलेसियाका प्रधानमन्त्री मुहिद्दिन यासिनले राजीनामा दिएका छन्।

संसदमा बहुमत गुमाएसँगै यासिनले सोमबार राजालाई राजीनामा पत्र बुझाएका हुन् । विज्ञान तथा प्रविधि मन्त्री खैरी जमलुद्दिनले सामाजिक सञ्जालमार्फत् यासिनले राजीनामा दिएको पुष्टि गरे ।

यासिन गत वर्ष मार्चमा प्रधानमन्त्री बनेका थिए। १८ महिना सरकार चलाउन नपाउँदै उनले राजीनामा दिएका हुन् । मलेसियामा २२२ जना सासंद भएको संसद छ । त्यसमा झिनो बहुमतसहित यासिन प्रधानमन्त्री बनेका थिए ।

मलेसियामा अब युनाइटेड मलेज नेशनलसहितको गठबन्धनले सरकार चलाउने समाचार संस्था एपीले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *