बागमती प्रदेश

वाग्मती प्रदेशसभा बैठक भदौ १ गते बस्ने

मकवानपुर । वाग्मती प्रदेशसभाको बैठक भदौ १ गते मङ्गलबार बस्ने भएको छ ।

बैठक मङ्गलबार अपराह्न २ः०० बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयका सहायक प्रवक्ता सुन्दर पन्तले जानकारी दिए । उनका अनुसार बैठकका लागि आज अपरान्ह ४ः०० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ ।

यसअघि गत असार २८ गते दुई विधेयक पारित गरिएपछि प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अनिश्चितकालका लागि बैठक स्थगित गरेका थिए । सो बैठकमा उच्च शिक्षासम्बन्धी विधेयक र पर्यटनसम्बन्धी विधेयक पारित गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *