राजनीति

यस्तो छ माओवादी केन्द्रको अन्तरिम विधान(पूर्णपाठ)

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले आफ्नो विधान मस्यौदा तयार गरेको छ । काठमाडौंमा जारी केन्द्रीय कमिटी बैठकको दोस्रो दिनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५२ पृष्ठ लामो विधान मस्यौदा पेश गरेका छन्।

पार्टीलाई व्यवस्थित ढंगले अघि बढाउन प्रचण्डले मस्यौदा पेश गरेका हुन् । ५२ पेज लामो ‘अन्तरिम विधान-२०७८’ बैठकले पारित गरेपछि माओवादी केन्द्र सोहीअनुसार अघि बढ्नेछ ।

विधानमा माओवादी केन्द्रले पहिलो पटक पार्टीमा उपमहासचिव पद राखेको छ। तर, संख्या उल्लेख गरिएको छैन ।

विधानमा २९९ सदस्यीय केन्द्रीय समिति, सो केन्द्रीय समितिले चयन गर्ने पदाधिकारी र केन्द्रीय समितिमा ३५ प्रतिशत महिला अनिवार्य नयाँ व्यवस्था गरिएको छ। त्यस्तै, माओवादीले सेल कमिटीदेखि केन्द्रीय समितिसम्मको सदस्य संख्या पनि निर्धारण गरेको छ ।

माओवादीको जिल्ला समिति ९९ सदस्यीय, विशेष जिल्ला समिति ६५ सदस्यीय र महानगर समिति ९९ सदस्यीय रहनेछन् । त्यस्तै, उपमहानगर समिति ८१, नगर समिति ६५, गाउँ समिति ५५ सदस्यीय रहने मस्यौदामा उल्लेख छ । सबैभन्दा तल्लो तह पार्टी सेल ११ सदस्यीय हुनेछन् ।

यसैगरी केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्च गरी ८ वटा निकायमा निर्वाचनबाटै नेतृत्व चयन गर्ने व्यवस्था गरिएको विधानमा उल्लेख छ ।

[pdfjs-viewer viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2021/08/maoist-bidhan-2078.pdf download=true print=true fullscreen=false fullscreen_target=false fullscreen_text=”on” zoom=0 search_term=”” ]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *