काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउन र उनीहरुको पूर्ण सुरक्षाको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
राप्रपा अध्यक्षत्रय पशुपतिशमशेर जबरा, डा.प्रकाशचन्द्र लोहनी र कमल थापाले आइतबार संयुक्त विज्ञप्ति प्रकाशित गरी अफगानिस्तानमा कार्यरत नेपालीको सुरक्षाप्रति आफूहरू चिन्तित रहेको बताउँदै उनीहरूलाई अविलम्ब नेपाल फर्काउन सरकारसँग माग गरेका हुन् ।
यस्तै, राप्रपाले ब्रिटिश गोर्खाका भूपुसैनिकहरुको जायज माग पूरा गराउन सशक्त कूटनीतिक प्रयासको निम्ति सरकारको ध्यान आकर्षित गरेको छ ।





