राजनीति

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । शनिबारबाट राजधानीमा जारी केन्द्रीय कमिटीकाे बैठक आज पनि बसेको हो ।

शनिबार बसेको पहिलो दिनको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि छलफलका लागि ८ वटा समूह विभाजन गरिएको थियो । उक्त समूहगत छलफलको निष्कर्ष आजको बैठकमा प्रस्तुत गरिने छ ।

यसअघि पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी समितिको बैठकले आज नै केन्द्रीय समितिको बैठक सम्पन्न गर्ने गरी अघि बढ्ने निर्णय गरेको थियो ।

अध्यक्ष प्रचण्डले पुस ११ गतेदेखि गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *