राजनीति

माओवादी केन्द्रीय कमिटी बैठकः अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको आजबाट सुरु हुने केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालिक राजनीतिक र सांगठानिक प्रतिवेदन गर्ने छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले अध्यक्षको राजनीतिक र सांगठनिक प्रतिवेदन पेश गर्ने निर्णय गरेको हो । प्रस्तावमा पार्टीको राजनीतिक कार्यदिशालाई स्पष्ट पार्ने, अहिले प्रतिगमनबिरोधी संघर्ष र कम्युनिष्ट आन्दोलनमा देखापरेको विसर्जनवादी प्रवृतिको विरुद्धको संघर्षलाई दृढतापूर्वक अघि बढाउन उल्लेख गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

प्रतिगमनकारी कदम असफल भएता पनि प्रतिगमत प्रति सजक रहँदै संविधानको रक्षा र कार्यान्वयनका निम्ति वाम सहकार्यलाई अगाडि बढाउने पनि प्रस्तावमा उल्लेख गरेको प्रवक्ता श्रेष्ठले बताए ।

माओवादी स्थायी कमिटी बैठक बिहान साढे १० बजे बस्ने र ११ बजे केन्द्रीय कमिटी बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *