संसद

डा. डिला संग्रौलाद्वारा अनसन बसेका गोर्खा सैनिकहरुको माग समाधानमा पहल गर्न माग

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद डा. डिला संग्रौलाले बेलायतमा अनसन बसेका गोर्खा सैनिकहरुको माग समाधानमा पहल गर्न माग गरेकी छन् ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकको शुन्य समयमा बोल्दै डा . संग्रौलाले कुटनीतिक माध्यमबाट ब्रिटिश सरकारसँग सम्पर्क गरि उनीहरुको समस्या समाधान गर्न वार्ता गर्ने वातावारण मिलाउन आग्रह गरेकी हुन् ।

उनले भनिन्-

नेपाल तथा ब्रिटेनबीच २०० वर्ष भन्दा लामो ऐतिहासिक सम्बन्ध छ र त्यो सम्बन्धको जग भनेको गोर्खा सैनिकहरु हुन् । संसारभरि बहादुरीका लागि चिनिएका गोर्खा सैनिकहरु अहिले आफ्नै लागि न्याय माग्दै शनिबारदेखि ब्रिटिश प्रधानमंत्री कार्यालय नजिकै लन्डनमा आमरण अनशन बसी रहेका छन् । उनीहरुको जीवन रक्षा गर्नु नेपाल सरकारको कर्तव्य हो । त्यसैले म नेपाल सरकारलाई तत्काल कूटनीतिक मध्यमद्वारा ब्रिटिश सरकारसंग सम्पर्क गरी वार्ता समिति गठन गर्न, वार्ताको मिति र स्थान तोक्न पहल गर्न आग्रह गर्दछु । संसारभरि नेपालको शिर ठाडो पारेका गोर्खाहरुलाई मर्का पर्दा साथ दिनु हामी सबैको दायित्व हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *