काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बैठक बस्ने तय भएको छ ।
माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक शनिबारदेखि काठमाडौंमा सुरू हुँदैछ। बैठक मुख्य रूपमा पार्टीको राजनीतिक र सांगठनिक विषयमा केन्द्रित रहने छ। त्यसकै एजेन्डा तय गर्नका लागि आज स्थायी कमिटी बैठक बस्न लागेको हो ।




