समाचार

सांसद डा. संगौलाको स्वास्थ्य राज्यमन्त्रीलाई प्रश्न- खोपको व्यवस्थापनमा सरकारको योजना के छ ?

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले प्रतिनिधि सभामा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई खोप वयवस्थापन बारे सरकारको योजनाको बारेमा प्रश्न गरेकी छन् ।

सांसद संग्रौलाले खोप केन्द्रमा बढेको भिडभाडको व्यवस्थापन गर्न नसकेको भन्दै खोपको सहज व्यवस्थापनका लागि सरकारले के गरिरहेको छ ? भन्दै प्रश्न गरेकी छन् ।

उनले भनिन् :

देशमा दिनदिनै कोरोना संक्रमण फेरि बढ्न थालेको छ। दोस्रो लहरको छाल नसेलाउँदै महामारीको तेस्रो लहरको भय पैदा हुन थालेको छ । अघिल्लो लहरमा जस्तै आम नागरिकको स्वास्थ्य सुरक्षाका लागि, जनतालाई अक्सिजन र फेरि पनि बेडको कमी नहोस् भन्नका लागि सरकारका योजनाहरू के के छन्? अब देशमा महामारीको स्थिति के हुने हो त्यसको विश्लेषण के छ ?

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले आफ्नै पालामा करोडौं खोप ल्याइदिएको भनेर यही संसदमा दाबी गर्नुभयो। खोपको अवस्था के छ? प्रधानमन्त्री शेरबहादुर देउवाज्यूले भनेजस्तै सरकारको नीति नै ‘खोप, खोप र खोप’ भन्ने छ । अहिले पनि लाखौं डोज खोप लगाउन सकिएको छैन । खोप लगाउन जनता बिहानैदेखि भीडभाडमा उभिनु परिरहेको छ । खोपको सहज व्यवस्थापनका लागि सरकारले के गरिरहेको छ ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *