समाचार

सुरुङभित्र ढुङ्गा खस्दा गम्भीर घाइते

किमाथाङ्का। सङ्खुवासभाको मकालु गाउँपालिका–५ ड्याम साइड फ्याक्सिन्दामा निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो आयोजनाको सुरुङभित्र ढुङ्गा खस्दा  एकजना  गम्भीर घाइते भएका छन् । घाइते हुनेमा भारतको अरुणअञ्चल प्रदेशका ३५ वर्षीय इञ्जीनियर  ताबु ताजी रहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख योगराज खतिवडाले जानकारी दिए ।

उनको टाउको गम्भीर चोट लागेको र जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि आज बिहान बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । आयोजनामा भारतीय र नेपाली तीन हजारभन्दा बढी मजदुर कार्यरत छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *