खेलकुद

नेपालले ओमानमा खेल्ने त्रिकोणात्मक सिरिजको मिति तय

काठमाडौं । ओमानमा हुने भनिएको त्रिकोणात्मक सिरिजको मिति तय भएको छ ।

आइसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान, नेपाल र अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिज सेप्टेम्बर १३ देखि २० सम्म (भदौ २८ देखि असोज ४ गते)सम्म हुने भएको हो ।

टाइम्स अफ ओमानले ओमान क्रिकेट बोर्डका मुख्य विकास अधिकारी दुलिप मेन्डिसलाई उदृत गर्दै मिति तय भएको जनाएको छ । यद्यपी, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले भने आधिकारिक रुपमा मिति घोषणा गर्न बाँकी रहेको छ ।

नेपालले २०२० फेब्रुअरीमा घरेलु मैदानमा ओमान र अमेरिका सहितको सिरिज खेलेको थियो । त्यसयता लिग २ मा पहिलो पटक सिरिज खेल्न लागेको हो ।

नेपाल ४ खेलमा २ जित र २ हारसहित ४ अंकका साथ छैटौं स्थानमा छ । ओमान १० खेलबाट १६ अंकसहित शीर्ष स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *