लुम्बिनी प्रदेश

४२ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा केसीको दावी, सुर्य चिह्नबाट चुनाव जितेका शाहीको पनि समर्थन

काठमाडौँ । लुम्बिनी प्रदेशमा ४२ सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धनले बहुमतको सरकारको दाबी गरेको छ । आज बिहान गठबन्धन सांसदले प्रदेश प्रमुख अमिक शेरचनलाई दाबीपत्र बुझाएका हुन् ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको समर्थनमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीको उमेदवार बनाइएको छ । हृदयश त्रिपाठीको समूहका सुर्य चिह्नबाट चुनाव जितेका अजय शाहीले पनि गठबन्धन सरकारलाई समर्थन गरेको छ । गठबन्धनमा ४१ जनाको सांसद रहे पनि शाहीको समर्थनबाट ४२ पुगेको हो ।

मुख्यमन्त्री शंकर पोखरेलले दिएको राजीनामा स्वीकृत गर्दै शेरचनले नयाँ मुख्यमन्त्रीमा दाबी पेश गर्न दलहरूलाई आज दिउँसो ३ बजेसम्मको समय दिनएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *