संसद

राष्ट्रियसभामा ‘रेल्वे विधेयक २०७६’ पेस

काठमाडौं । राष्ट्रियसभामा ‘रेल्वे विधेयक, २०७६’ सम्बन्धी प्रतिवेदन पेस गरिएको छ ।

विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले सभा समक्ष उक्त प्रतिवेदन पेस गरेका हुन् ।

यस्तै गुरुङले “प्रत्यायन (एक्रिडिटेसन) विधेयक, २०७६” सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभा समक्ष पेस गरे । यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले “सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७” राष्ट्रियसभा समक्ष पेस गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *