संसद

ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीबाट पदमुक्त भएपछि विपक्षी दलको नेताको रुपमा पहिलोपटक आज सम्बोधन गर्न लागेको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका छन् ।

शेरवहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि विश्वासको मतको मतदान गर्ने समय संसद बैठकमा पुगेका ओलीले त्यसपछि संसद बैठकमा अनुपस्थित हुदै आएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *