काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय जिल्ला सभापतिहरूको भेला जारी छ ।
ठमेलस्थित होटेल यात्रीमा सुरु भएको भेलामा पौडेल पक्षीय जिल्ला सभापतिहरू सहभागी छन् । कांग्रेसका ७७ जिल्ला कार्यसमितिमध्ये पौडेल पक्षका ४२ जिल्ला सभापति छन् ।कांग्रेस महाधिवेशन निर्धारित मिति भदौ दोस्रो साता नहुने भएपछि पौडेल पक्षको जिल्ला सभापतिको भेला डाकिएको हो ।
भेलाले निर्धारित मितिमै महाधिवेशन गर्न दबाब दिने नुवाकोटका जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिए ।




