काठमाडौँ । टोकियो ओलम्पिकको पुरुष फुटबलको काश्य पदक मेक्सिकोले जितेको छ ।
शुक्रबार ओलम्पिकको आयोजक टिम जापानलाई ३-१ गोल अन्तरले पराजित गर्दै मेक्सिकोले ओलम्पिक काश्य पदक जितेको हो ।
मेक्सिकोको जितमा जोहान भास्क्वेज, एलेक्सिस भेगा र सेबास्टेन कोर्डोभाले एक एक गोल गरेका थिए ।
त्यस्तै जापानका लागि एक गोल काओरु मितोमाले गरेका थिए । यो सँगै स्वर्ण पदकको दाबेदार मानिएको आयोजक जापान काश्य पदक समेत जित्न असफल भएको छ ।
पुरुष फुटबलतर्फ फाइनलमा ब्राजिल र स्पेनले शनिबार प्रतिष्पर्धा गर्दै छन् ।




